अ) सुरक्षणको आधारमा ऋणका शिर्षकहरू :
क) धन जमानी ऋण
ख) धित्तो जमानी ऋण
ग) समुह जमानी ऋण
ऋणको वर्गिकरण
| क्र.स. | १.धन जमानी ऋण | २.धित्तो जमानी ऋण | ३. ब्यक्ति/ समुह जमानी ऋण |
| १ | द्रुत ऋण | कृषि ऋण | कृषि ऋण |
| २ | कृषि ऋण | ब्यवसायिक ऋण | साना ब्यवसायिक ऋण |
| ३ | ब्यवसायिक ऋण | आवास ऋण | युवा स्वरोजगार ऋण |
| ४ | आवास ऋण | शैक्षिक तथा रोजगार ऋण | शैक्षिक तथा रोजगार ऋण |
| ५ | शैक्षिक तथा रोजगार ऋण | सवारी साधन खरीद ऋण | सवारी साधन ऋण |
| ६ | सवारी साधन खरीद ऋण | आवास ऋण |
क) धन जमानी ऋण
धन जमानी ऋण भन्नाले सदस्यले संस्थामा अनिवार्य बचतको रुपमा जम्मा गरेको बचत मौज्दातको ९० प्रशित भित्र हुने गरी प्रदान गरिने ऋणलाई जनाउने छ । यसमा सदस्यले थप १ जना सम्म अन्य सदस्यलाई जमानी राखी उनीहरूको बचतको हुन आउने रकम सम्म ऋण लैजान सक्ने छ ।
ख) धितो ऋण
धितो ऋण भन्नाले संस्थाले ऋणी सदस्यसंग ऋण सुरक्षण वापत चल अचल सम्पत्ति स्वीकार गरी प्रदान गरिने ऋणलाई जनाउनेछ ।
ग) ब्यक्ति/ समुह जमानी ऋण
ब्यक्तिगत÷समुह जमानी ऋण भन्नाले ऋणी सदस्यले संस्थाले पत्याएको कुनै एक जना ब्यक्ति साथै एकाघर परिवार को सदस्य गरी दुइ जना ब्यक्तिगतको जमानी आधारमा लिखित मन्जुरी प्राप्त गरी प्रदान गरिने ऋणलाई जनाउनेछ । साथै लघु वित्त ऋणको हकमा सदस्यहरूको समुह जमानीमा लगानी गरिने ऋणलाई समेत जनाउने छ ।
२.२.१ धन जमानि ऋणहरू
२.२.१.१ द्रुत ऋण
यो ऋण धन जमानी सुरक्षण अन्र्तगत अधिकतम रु. १०,०००।— सम्म को आपतकालिन अवस्थामा सञ्चालक समितिले तोके बमोजिम ब्याज तथा शुल्क लिइ एक हप्ताको लागी लगानी गर्न सकिनेछ । साथै चाढपर्व (दशै, तिहार, तिज र माघि) मनाउनको लागी अधिकतम १५००० सम्म समितिले तोके बमोजिम ब्याज तथा शुल्क लिइ ब्यवस्थापक स्वकृति गरी लगानी गर्न सकिने छ ।
२.२.१.२ कलश सजिलो ऋण :
यो कर्जा धन जमानी सुरक्षण अन्र्तगत सदस्यले गरेको शेयर तथा बचत को ९० प्रतिशत भित्र रहने गरी सदस्यलाई आवश्यक परेको समयमा घरायसी वा ब्यवसाय गर्नको लागी अनिवार्य बचतमा प्रदान गरेको ब्याजमा थप १ प्रतिशत ब्याज लिइ एक वर्षको लागी किस्ता वन्दी वा मासिक ब्याज र वार्षिक साँवा लिने गरी लगानि गरिनेछ ।
२.२.२ धित्तो जमानि कर्जाहरू
२.२.२.१ कृषि ऋण
यो ऋण सदस्यले कुनै कृषी फर्म वा पशुपालन गर्न चाहेमा धितो दृष्टिबन्धक गरि धित्तो मुल्याङ्कनको ७० प्रतिशत वा अधिकतम प्राथमिक पूँजि कोषको १० प्रतिशत सम्म जुन कम हुन्छ त्यो बराबर वढीमा १० वर्ष अवधिको लागी लगानि गर्न सकिने छ । ब्याजदर तोकिए बमोजिम हुने छ ।
२.२.२.२ ब्यावसायिक ऋण
यो कर्जा सदस्यको धित्तो दृष्टिबन्धक रोक्का राखी मुल्याङकनकर्ता को मुल्याङकन रकमको बढीमा ६० प्रशितशत सदस्यले गर्न चाहेको ब्यापार ब्यवसायको बिश्लेष्ण गरी उक्त ब्यवशायको कुल लागतको ६० प्रतिशत वा संस्थाको प्राथमिक पूँजीको १० प्रतिशत भित्र सम्म ऋण उपसमितिको सिफारीसमा १५ वर्ष सम्मको लागी कर्जा लगानी गरिने छ । ब्याज तल उल्लेख भए अनुसार हुने छ ।
२.२.२.३ आवास ऋण
यो ऋण सदस्यले आवास प्रयोजनका लागी घर निमार्ण वा घडेरी खरीद गर्न ऋणको आवश्यकता परेको खण्डमा सदस्यको नाममा भएको जग्गा वा खरीद गर्न चाहेको घर जग्गा नाममा आउदै धित्तो जमानी राख्ने जग्गा को मुल्याङ्कन रकमको ६० प्रतिशत वा थैली मूल्यको अधिकतम ९० प्रतिशतमा जुन कम हुन आउँछ सो रकम बरावर वा संस्थाको प्राथमिक पूँजीको १० प्रतिशत भित्र सम्म अधिकतम २० वर्ष सम्मको लागी मासिक किस्तावन्दीमा लगानी गर्न सकिने छ ।
२.२.२.४ शैक्षिक तथा रोजगार ऋण
यो ऋण सदस्यले वा निजको परिवारले कुनै बिषयमा स्वदेश वा विदेशमा उच्च शिक्षा वा अनुभव हासिल गर्ने क्रममा रकम आवश्यक परेको खण्डमा छोटो अवधि देखी ५ वर्षको अवधि सम्मको लागी धित्तो जमानीमा ऋण लगानी गर्न सकिने छ । यो ऋणमा आवश्यकता अनुसार वढी मा १२ महिना सम्मको लागी किस्ता (साँवा) मात्रको लागी ग्रेस अवधि दिन सकिने छ ।
२.२.२.५ सवारी सधान खरीद कर्जा
यो ऋण सदस्यले ब्यक्तिगत वा ब्यवसायीक प्रयोजनको लागी सवारी साधान खरीद गर्न क्रममा रकम आवश्यक परेको खण्डमा सवारी साधान संस्थाको को नाममा पास गर्ने गरी कोटेसन रकमको ५० प्रतिशत सम्म मात्र दुई पांग्रे भएमा २ वर्ष तिन पांग्रे ३ वर्ष र चार पांग्रे ५ वर्षको अवधि सम्मको लागी साधान जमानीमा ऋण लगानी गर्न सकिने छ ।
२.२.३ व्यक्ति / समुह जमानी ऋण
२.२.३.१ कृषि, पशु पंक्षीपालन ऋण
सदस्यहरूले समुह निमार्ण पछि वा ऋणी सदस्यले संस्थाले पत्याएको कुनै एक जना ब्यक्ति साथै एकाघर परिवार को सदस्य गरी दुइ जना ब्यक्तिगतको जमानी आधारमा कुनै उत्पादन मुलक कृषि ब्यवशाय गर्न वा पछि पशुसपालन ( बाख्रा, गाइर्, भैंसी, बंगुर, माछा पालन, कुखुरापालन, हाँस आदि) लगाएत ब्यवशाय गर्न चाहेमा समुहको जमानी वा व्यक्तिगत जमानिमा रु ३,००,०००।— सम्म २ वर्षको अवधिको लागी कर्जा लगानी गर्न सकिने छ । संभव भए सम्म बिमा अनविार्य हुनेछ । यो ऋणमा आवश्यकता अनुसार ३ महिना सम्म ग्रेस अवधि प्रदान गर्न सकिन्छ छ । ब्याजदर तोकिए बमोजिम हुने छ ।
२.२.३.२ साना, उद्योग, व्यापार व्यावसया कर्जा
सदस्यले घरेलु तथा कुटीर उद्योग वा साना व्यवशाय संचालन गर्न चाहेमा समुह वा व्यक्तिगत जमानीमा २ वर्षको अवधिको लागी अधिकतम रु ३,००,०००।— सम्म लगानी गर्न सकिने छ । संभव भए सम्म बिमा अनविार्य हुने छ । यो कर्जामा आवश्यकता अनुसार ३ महिना सम्म ग्रेस अवधि प्रदान गर्न सकनिे छ । ब्याजदर तोकिए बमोजिम हुने छ ।

