व्यवस्थापक

नाम : प्रकाश अधिकारी
दाङ जिल्ला घोराही उ.म.न.पा १५ मा अवस्थित यस कलश बचत तथा ऋण सहकारी संस्था लि. घोराही दाङको स्थापना २०६५/०३/१३ डिभिजन सहकारी कार्यालय दाङबाट सिसा सगुन बचत तथा ऋण सहकारी संस्थाको रुपमा दर्ता भई सञ्चालन भएको थियो । २०७१/०७/१६ गतेदेखि युवाहरुको नेतृत्वमा थप व्यवस्थापनका साथ सञ्चालन भइरहेको यस सहकारी संस्थाको नाम परिवर्तन गरी २०७६/०३/३१ गतेदेखि कलश बचत तथा ऋण सहकारी संस्थाको रुपमा आफ्नो कार्यहरु गदै आइरहेको छ ।
यस कलश बचत तथा ऋण सहकारी संस्था लि. विगत छ वर्षदेखीनै संस्थाका सदस्यहरुलाई केन्द्रमा राखि विभिन्न बचत तथा ऋणका कार्यक्रमहरु संचालन भइरहेका छन् । “संम्पूर्ण बित्तिय समाधान सहीतको एक उत्कृष्ट सहकारी” भन्ने मूल नारा सहित आफ्नो अभियान थालेको यस सहकारी संस्थाले संचालनको छोटो अवधिमा नै अपेक्षा गरिएका तमाम लक्ष्यहरु पुरा गरिसकेको छ । सामाजिक उत्तरदायीत्व निर्वाह गर्दै कार्यक्षेत्रहरुलाई समेत विस्तार गरी दाङ जिल्लामै नमूना सहकारी बनाउने अभियानमा हामि लागिपरेका छौँ साथै समग्र सहकारी अभियानकै उन्नती र प्रगतिका लागि दत्तचित्त भइ कार्य गर्ने समेत प्रतिव४ता व्यक्त गर्दछु।

