बचत कार्यक्रमहरु

बचत कार्यक्रमहरू

१) अनिवार्य बचत

क) अनिवार्य कलश बचत (मासिक बचत)

२) स्वेच्छिक बचत

क) कलश प्रिमियम बचत
ख) आवधिक बचत
ग)  दैनिक बचत
घ) पेन्सन तथा उपदान बचत
ङ) सुनौलो भविष्य बाल बचत (संरक्षीत)
च) कलश विशेष बचत

१)  अनिवार्य कलश बचत (नियमित मासिक)

यो संस्था को उद्देश्य सदस्यहरूको आर्थिक विकास गर्ने भएकोले संस्थाको शेयर सदस्यता प्राप्त गरेको मितिदेखि संस्थामा शेयर सदस्य रहुन्जेल सम्म वा कम्तिमा ११ वर्ष देखि ३० वर्ष सम्म वा ६० वर्षको उमेर हुञ्जेल सम्म संस्थामा आफूले कबुल गरेको बचत किस्ता नियमित रूपले प्रत्येक महिना १० गते दिनका भित्र अनिवार्य रुपमा जम्मा गरिसक्नु पर्नेछ । तोकिएको मिति भित्र जम्मा नभएमा दिनको रु ५ का दरले बिलम्व शुल्क लाग्ने छ । यस प्रकारको रकम न्यूनतम रू.५००÷–देखि माथी आफुलाई पाएक पर्ने वा एकमुष्ठ रकम बचत जम्मा गनुपर्ने छ । बचत रकम वृद्धि गर्नु परेमा हरेक आ.व.को श्रावण महिनामा वृद्धि गर्नुपर्ने छ । यस्तो नियमित बचत रकम अग्रिम जम्मा गरेमा जम्मा गर्ने दिन देखि ब्याज प्रदान गरिने छ । यो निक्षेप जम्मा गरेको ३ महिना पछि रकम आवश्यक परेमा कर्जा स्वरुप जम्मा बचत रकमको ९० % धन जम्मानी शीर्षक मा बचत रकम मा प्रदान गरेको ब्याजमा थप १ प्रतिशत ब्याज लाग्ने गरी कर्जा लिन सकिने छ । हाल यस खातामा ११ प्रतिशत ब्याज मात्र दिईनेछ । यदि सदस्यले ३ महिना सम्म लगातार अनिवार्य बचत जम्मा नगरेमा सञ्चालक समितिले सदस्यलाई पत्र काटी शेयर सदस्यता खारेजी गर्न सक्ने छ । आवश्यकता अनुसार नीति नियम साधारण सभाबाट परिमार्जन र ब्याजदर सञ्चालक समितिको निर्णयबाट परिवर्तन हुन सक्ने छ । मासिक रुपमा सुरुदेखि एकैदरको बचत भएमा मात्र निम्न अनुसार स्किममा भुक्तान गरिने छ ।

२) स्वेच्छिक बचत कार्यक्रम

क) कलश प्रिमियम बचत :— यस संस्थाका सदस्यहरूले संस्थाको नीति नियमको परिधिभित्र रही आफ्नो सुविधाको लागि यो खाता सञ्चालनमा ल्याउन सकिनेछ । सदस्य संग रहेको रकम आफ्नो आवश्कता अनुसार जुनसुकै अवधिमा बचत गर्न वा फिर्ता लिन पाइने छ । रकम निकाल्नु परेमा एक दिनमा बढीमा ९,९०,०००।—(अक्षरेपी नौ लाख नब्बे हजार मात्र ।) सम्म निकाल्न पाइने छ र सो भन्दा बढी आवश्यक परेमा संस्थामा अग्रीम जानकारी गराएर मात्र निकाल्न पाइनेछ । यसमा दैनिक मौज्दातमा व्याज प्रदान गरिनेछ । यस खाताबाट रकम फिर्ता लग्दा न्युनतम कबुलिएत मौज्दात अनिवार्य राख्नुपर्नेछ । यस खातामा दिनुपर्ने ब्याज प्रत्येक ३÷३ महिनामा कम्प्युटरबाट खातामा पदस्थापना(चढाइनेछ) । बचत फिर्ताको लागी संस्थाले पे–स्लिप उपलब्ध गराउने छ । यस खातामा न्युनतम मौज्दात अनुसार तपशिल बमोजिम ४ देखि ७.५ प्रतिशत सम्म ब्याज दिईनेछ । सञ्चालक समितिको निर्णय अनुसार समय समयमा ब्याजदर परिवर्तन हुँदै जानेछ ।

ख) आवधिक बचत :– शेयर सदस्यले आफ्नो सुविधा अनुसार रु. १०,०००।– भन्दा माथिको रकम कम्तिमा १ बर्ष भन्दा बढी समयका लागि जतिसुकै रकम पनि आवधिक बचत खातामा जम्मा गर्न सक्नेछ । यो रकमको ब्याज प्रत्येक १ बर्षमा कम्प्युटर खाता पदस्थापना(चढाइनेछ) । कवोल गरेको समय अगावै बचत फिर्ता लिन आएमा संस्थालाई असर नपर्ने गरी साधारण बचत खातामा प्रदान गरेको ब्याजसरह ब्याज सहित फिर्ता दिइने छ वा यो बचतको जमानीमा ९० प्रतिशत सम्म मात्र कर्जाको रुपमा लैजान चाहेमाा थप २ प्रतिशत ब्याजमा लिई दिन सकिने छ । यस खातामा निम्नानुसार ब्याज प्रदान गरिनेछ :–

ग)  दैनिक बचत :– यस संस्थाका सदस्यहरूको व्यापार व्यवसायबाट दैनिक हुने आम्दानीको केही प्रतिशत बचत गर्ने बानीमा अभिप्रेरित गर्न र थोरै–थोरै रकमबाट पनि छोटो समयमै ठुलो रकम जम्मा गरी आफ्नो भविष्यलाई सुन्दर सम्वृद्ध बनाउन यो कार्यक्रम सञ्चालनमा ल्याईएको छ । फजुल खर्च कम गरी आर्थिक अवस्थालाई सुधार गर्न यस कार्यक्रम सञ्चालनका लागि दैनिक रुपमा रु. १०० देखि १०,०००।– सम्म जम्मा गर्न सकिने र न्यूनतम ६ महिना पुरा भए पछि मात्र तोकिएको व्याज सहित फिर्ता गरिनेछ । सो रकम ३ महिना नपुग्दै फिर्ता लिनै पर्ने अवस्था आएमा जम्मा फिर्ता लिने रकमको १ प्रतिशत रकम कटौति गरि दिईनेछ र ६ महिना नपुग्दै फिर्ता लिनै पर्ने अवस्था आएमा ब्याज प्रदान गरिने छैन । र तोकिएको ब्याज दर अनुसारको ब्याज भने प्रत्येक ३÷३ महिनामा खाता र पासबुकमा चढाईनेछ । यस खातामा निम्नानुसार ब्याज प्रदान गरिनेछ ः–

घ) उपदान बचत खाता :–

उपदान :

यस संस्थाका सदस्यहरूले संस्थाको नीती नियमको परिधीभित्र रही सदस्यले आफ्नो जीवन सुरक्षित बनाउन मासिक रुपमा एउटा रकम कम्तीमा १० वर्षको लागी जम्मा गर्नुपर्ने छ र सदस्यले मासिक रुपमा जम्मा गरेको बचत रकम को एकमुष्ठ साँवा ब्याज अवधि समाप्ती पछि भुक्तान गरिने छ ।

यदि उक्त बचत कार्यक्रमा राखेको रकम सदस्यले अवधि भित्रै फिर्ता मागेमा साधारण बचतमा प्रदान गरिने ब्याजसरह भुक्तानी गरिने छ । अवधि पुरा भएपछि सदस्य वा हकवालाले भुक्तानी मागेमा सदस्यको खातामा जम्मा भएको सम्पूर्ण रकम साँवा ब्याजसहित भुक्तान गरिने छ । सदस्यको अवधि अगावै मृत्यु भएमा हकवालाले निरन्तरता दिन सकिनेछ । यो बचत कार्यक्रम १५, २० , २५ वर्षे पनि लागु गरिने छ ।

ङ) सुनौलो भविश्य बाल बचत (संरक्षीत):–

              अ) साधारण बाल बचत :

यस संस्थाका सदस्यहरुका छोराछोरीहरुको सुन्दर भविष्य निर्माण गर्न र सानै देखि बचत गर्ने बानी बसाई थोरै–थोरै रकमबाट धेरै रकम जम्मा भई भविष्यमा आर्थिक गर्जाे टार्न सकिने भएकाले यस खातामा रु. १००।– देखि रु.१००००।– सम्म मासिक वा दैनिक रूपमा जम्मा गर्न सकिनेछ । यो खाता सञ्चालन गर्ने अभिभावक मध्येबाट वार्षिक रूपमा अधिक बचत गर्ने अभिभावकलाई सम्मान गरिने छ । यो खाता बालबालिका ६ महिना नपुग्दै सञ्चालन गरेमा मासिक रूपमा जम्मा गर्ने रकम बराबर पहिलो महिना सदस्यले जम्मा गरेको रकम बराबर संस्थाले प्रोत्साहन बचत गरिदिने छ । यो रकम सदस्यको अभिभावक नै संरक्षक भई कम्तिमा १ बर्ष पुरा भएपछि मात्र निकाल्न सकिनेछ । यदि बालबालिका १ वर्ष भन्दा पहिले देखि बचत गरि १२ कक्षा सम्म पढुन्जेल मासिक ५०० भन्दा बढी बचत निन्रतर जम्मा गरेमा उच्च शिक्षा अध्ययन गर्ने समयमा रु ५०००।—(अक्षरेपी रुपैयाँ पाँच हजार मात्र) छात्रवृत्ति प्रदान गरिने छ । यस खातामा ब्याज प्रत्येक ३÷३ महिनामा कम्प्युटर खातामा चढाईनेछ । हाललाई ब्याजदर ९ प्रतिशत दिईनेछ ।

आ) दोब्बर भुक्तानी बाल बचत :

यस संस्थाका सदस्यहरूका छोराछोरीहरूको सुन्दर भविष्य निर्माण गर्न र सानै देखि बचत गर्ने बानी बसाई थोरै–थोरै रकमबाट धेरै रकम जम्मा भई भविष्यमा आर्थिक गर्जाे टार्न सकिने भएकाले यस खातामा रु. १००।– देखि रु.१००००।– सम्म मासिक वा दैनिक रूपमा जम्मा गर्न सकिनेछ । यो खाता बालबालिका ६ महिना नपुग्दै संचालन गरेमा मासिक रुपमा जम्मा गर्ने रकम बराबर पहिलो महिना सदस्यले जम्मा गरेको रकम बराबर संस्थाले प्रोत्साहन बचत गरिदिने छ । यो रकम सदस्यका अभिभावक नै संरक्षक भई संचालन गर्न सकिने र यसैलाई धितो मानेर नियमानुसार ऋण निकाल्न समेत सकिनेछ । यदि बालबालिका १ वर्ष भन्दा पहिले देखि बचत गरि १२ कक्षा सम्म पढुन्जेल मासिक ५०० भन्दा बढी बचत निन्रतर जम्मा गरेमा उच्च शिक्षा अध्ययन गर्ने समयमा रु ५०००।—(अक्षरेपी रुपैयाँ पाँच हजार मात्र) छात्रवृत्ति प्रदान गरिने छ । यस बचत कार्यक्रममा दैनिक वा मासिक रुपमा बचत गर्न थालेको पुरा ११ वर्ष भएमा बचत रकमको दोब्बर बराबर भुक्तानी दिइनेछ साथै एकमुस्ट जम्मा गरेको रकमको ७ वर्षमा दोव्वर भुक्तानी दिइनेछ ।

च) कलश विशेष बचत :

     १) भ्रमण योजना :

यो बचत कार्यक्रम २ वर्षे क्रमिक बचतको रूपमा संचालन हुनेछ । यो बचत कार्यक्रममा सहभागी हुने सदस्यहरुले मासिक २०००।– रुपैया २४ महिना सम्म बचत गर्नुपर्ने छ जसमा संस्थाले ९.५ प्रतिशत ब्याज प्रदान गर्नेछ । यो कार्यक्रमा सहभागी सदस्यहरूलाई संस्थाले कार्यक्रम अवधिभरमा एकपल्ट संस्थाको खर्चमा बढिमा २ दिन ३ रात सम्मको सहकारी तथा धार्मिक तिर्थयात्रा भ्रमणमा लैजाने छ । अवधि नपुग्दै बचत फिर्ता लिन आएमा साधारण बचत सरहमात्र ब्याज प्रदान गरिने छ । यो कार्यक्रम सुरु गरेपछि संस्थाका कम्तीमा ५० जना सदस्यहरू सभागीता गराउने गरी सुरु गर्नुपर्ने छ ।

२) निशुल्क शिक्षा योजना

यो बचत कार्यक्रम १० वर्षे क्रमिक बचतको रुपमा सञ्चालन हुनेछ । यो बचत कार्यक्रममा सहभागी हुने सदस्यहरूले मासिक २०००।– रुपैया १० वर्ष सम्म बचत गर्नुपर्ने छ र यो कार्यक्रमा सहभागी शेयर सदस्यहरूका सन्ततीलाई संस्थाले निशुल्क शिक्षा प्रदान गर्नका लागि कम्तिमा ४०–४०० जना उच्च नैतिक आचरण भएका विद्यार्थीहरूलाई लक्षित गरी प्रत्येक शैक्षिक भर्ना सत्रमा प्रवेश परीक्षामा उत्तिर्ण निश्चित विद्यार्थीलाई सहभागी गराइनेछ । शैक्षिक अध्ययनको १० वर्ष पुरा गरे पश्चात विद्यार्थीले बुझाएको मासिक शैक्षिक शूल्क एकमुष्ट फिर्ता गरिनेछ ।

३) स्वास्थ्य लाभ योजना :–

यो बचत कार्यक्रम २ वर्षे क्रमिक बचतको रुपमा सञ्चालन हुनेछ । यो बचत कार्यक्रममा सहभागी हुने सदस्यहरूले मासिक १०००।– रुपैया २ वर्ष सम्म बचत गर्नुपर्ने छ र यो कार्यक्रमा सहभागी शेयर सदस्यहरूलाई संस्थाले निशुल्क स्वास्थ्य जाँच तथा उपचार प्रदान गर्नका लागि कम्तिमा १०० जना लाई तोकिएका शीर्षकहरूमा मात्र निशूल्क उपचार प्रदान गरिनेछ भने सदस्यले जम्मा गरेको कुल साँवा रकम एकमुष्ठ फिर्ता गरिनेछ ।