परिचय

दाङको घोराही उप–महानगरपालिका वडा नम्बर १५ स्थित कलश बचत तथा ऋण सहकारी संस्था लि.तत्कालीन डिभिजन सहकारी कार्यालय दाङमा आजभन्दा ११ वर्ष अगाडी २०६५ असार १३ गतेका दिन सिसा सगुन बचत तथा ऋण सहकारी संस्थाको रुपमा ३१३ नम्बरमा मा दर्ता भएको हो । २०७६ साल असार ३१ गतेदेखि यो संस्थाको नाम परिवर्तन गरी कलश बचत तथा ऋण सहकारी संस्थाको रुपबाट काम कारवाहीहरू अगाडी बढाइरहेको छ ।

करिव ५ वर्षसम्म निरन्तर आफ्ना कार्यक्रमहरू संचालन गरि एक वर्षदेखि गतिविधि विहिन जस्तै बनेको सिसा सगुन बचत तथा ऋण सहकारी संस्थालाई नयाँ व्यवस्थापन गरि २०७१ साल कार्तिक १६ गतेका दिन देखि घोराही शिव वस्तिटोलबाट सेवा प्रदान गर्दै आएको छ । नयाँ व्यवस्थापनको छोटो अवधिमै शेयर सदस्यहरू थप हँुदै जाने क्रम बढ्यो र ३ महिना पछि नै संस्थाको कार्यालय व्यवस्थापनका लागि हाल बसिरहेको भवनमा सर्नुपर्ने भयो । विस्तारै संस्थामा सदस्यहरू बन्ने क्रम जारी रहयो र सदस्यहरूको इच्छा र चाहाना बमोजिम संस्था संचालन गर्नु उत्तिकै चुनौती थियो । सदस्यहरूको इच्छा पहिचान गर्नका लागि नयाँ व्यवस्थापन पछि पहिलो पटक २०७२ असोज ९ गते प्रथम रणनैतिक योजना तर्जुमा गोष्ठिको आयोजना गरी सदस्यहरूबाट सुझाव संकलन गरियो । उनै सुझावहरूको अधिनमा रहि पञ्चवर्षिय योजना तर्जुमा गरी उक्त योजना कार्यान्वयनको अन्तिम चरणमा रहेको छ । हाल संस्थामा १ जना सह–व्यवस्थापक,१ जना ऋण सहायक,१ जना कार्यालय सहायक र २ जना बजार परीचालक गरी जम्मा ५ जना कर्मचारीहरू कार्यरत रहेका छन् ।

“सम्पूर्ण वित्तीय समाधानसहितको उत्कृष्ट सहकारी” भन्ने मूल नाराका साथ अगाडि बढेको संस्थाले “संस्थामा आवद्ध सदस्यहरूलाई गुणस्तरीय वित्तीय सेवा प्रदान गरी समुदायका व्यक्तिहरूको जीवनस्तर सुधार गर्नका लागि दीर्घकालीन बचत तथा ऋण कार्यक्रमहरू निर्माण गरी सञ्चालन गर्ने ।” ध्येय राखेको छ ।

२०७१ कार्तिक १६ गते नयाँ व्यवस्थापनका साथ सञ्चालन भएयता आफू आवद्ध हुनुपर्ने विभिन्न निकायहरूमा विभिन्न मितिहरूमा संस्था आवद्ध भइसकेको छ ।

  • २०७१ कार्तिक १४ गते राष्ट्रिय सहकारी बैंकमा ।
  • २०७१ माघ २७ गते जिल्ला बचत संघमा ।
  • २०७१ चैत्र ३ गते जिल्ला सहकारी संघमा ।
  • २०७३ चैत्र १० गते नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघमा ।

संस्थाले हिसाब किताबको पारदर्शितालाई मध्यनजर गर्दै २०७२ श्रावण ३ गते सफ्टवेयरको माध्यबाट काम गर्ने

उद्देश्य अनुरूप नेशनल सफ्टवेयर एण्ड हार्डवेयर सोलुशन प्रोभाइडरसँग सम्झौता–पत्रमा हस्ताक्षर गरेको थियो । त्यस्तै २०७५ साल पौष ३ गते जोखिममा आधारित सुपरीवेक्षण कार्यक्रम (CURBS) सञ्चालन गर्नका लागि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (NEFSCUN) सँंग सम्झौता–पत्रमा हस्ताक्षर गरेको थियो । संस्थामा आवद्ध सदस्यरूलाई सहुलियत दरमा ऋण लगानी गर्ने उद्देश्यअनुरूप २०७६ बैशाख २४ गते युवा तथा साना व्यवसायी स्वरोजगार कोष अनामनगर काठमाण्डौसँग कार्यक्रम सञ्चालनका लागि सम्झौता गरी हाल कार्यक्रम सञ्चालनमा रहेको छ । यो कार्यक्रम धेरैलाई स्वरोजगार बन्न सहयोगी भएको छ ।

सामाजिक उत्तरदायित्व निर्वाह अन्तर्गगत सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले आफ्नो वार्षिक साधारण सभाको अवसरमा हरेक वर्ष एउटा सामुदायिक विद्यालयमा अक्षयकोषको स्थापना गर्ने गर्दछ जसअनुरुप प्राथमिक विद्यालय घोरदौरा, आधारभूत विद्यालय गिठेपानी,प्राथमिक विद्यालय कर्जाही र प्राथमिक विद्यालय गुरुवागाउँमा प्रति विद्यालय .१०,०००|– रुपियाँका दरले अक्षयकोष स्थापना गरिसकेको छ ।

सदस्यहरूको हकहितका लागि सदस्यहरूकै रकमबाट स्थापित “सदस्य कल्याण कोष” को रकमबाट विभिन्न सदस्यहरूलाई राहत दिने कामहरू पनि भएका छन् । मृत्यु राहत सहयोग र दुर्घटना तथा दैवी प्रकोप पीडितहरूको लागि सहयोग, सदस्यहरूको नयाँ जन्मने छोराछोरीहरूका लागि खाता सञ्चालन उत्पे्ररणा कार्यक्रम लगायतका कामहरू भएका छन् ।

सदस्यहरूको परिवारमा आपत् विपत् पर्दा आकस्मिक रूपमा आवश्यक पर्ने रकम संस्थाले निशूल्क रूपमा सदस्यहरूलाई लगानी गर्दै आइरहेको छ । यसरी अहिलेसम्म माग भएका जति सबै जनालाई आकस्मिक घटना सहयोग रकम उपलब्ध गराइएको छ ।

संस्था सञ्चालनको छोटो अवधिमा आफू आवद्ध संघ संस्थाहरूमा आफ्ना सञ्चालकहरूलाई समेत त्यहाँको सञ्चालक तथा जिम्मेवारीहरूमा रहेर काम गर्ने हैसियतमा पुगेको छ जसमा संस्थाका अध्यक्ष बालचन्द्र शर्मा केन्द्रीय बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) को फिल्ड कार्यालय उप–समितिको सदस्यमा,संस्थाका सञ्चालक सदस्य बचत तथा ऋण सहकारी संघ दाङको सञ्चालक सदस्य,ऋण उप–समितिका सदस्य माधब खनाल जिल्ला सहकारी संघ दाङको लेखा सुपरीवेक्षण समितिको सदस्यमा र व्यवस्थापन प्रमुख शिवराज खनाल राष्ट्रिय सहकारी बैंक लि. दाङ शाखा समन्वय उप–समितिको सदस्यमा रहेर काम गर्ने जिम्मेवारी प्राप्त भएको छ ।

संस्था सञ्चालनकै अभियानमा राष्ट्रिय सहकारी बैंक लि. ले आफ्नो १५ औं वार्षिक साधारण सभाको अवसर पारी “शाखा स्तरीय नियमित कारोबार गर्ने” विधामा संस्थालाई सम्मान गरेको छ ।

आफ्नो कार्यालय संचालन गर्ने भौतिक संरचना निर्माणार्थ संस्थाले घोराही–१५, काठेकोहलमा जग्गासमेत खरिद गरिसकेको छ ।

साथै संस्था सञ्चालनलाई थप व्यवस्थित गर्नका लागि आफूलाई आवश्यक पर्ने सम्पूर्ण नीतिनियमहरू तयार गरी कार्यक्रम सञ्चालन गरिरहेको छ ।

नयाँ व्यवस्थापनको सुरुवातीमा २५०० शेयर पूँजी रहेको संस्थामा हाल १ करोड छत्तिस लाख रुपैयाँ शेयर पूँजी सङ्कलन भएको छ, त्यस्तै हालसम्म ६ करोड ९ लाख बचत सङ्कलन,८ करोड ८ लाख ऋण लगानी,५४ लाखको आन्तरिक कोष र ११ करोड ६० लाखको जम्मा सम्पत्ति रहेको छ ।

चौथो वार्षिक साधारण सभा २०७२ पौष ११ गतेसम्म संस्थामा २०२ जना सदस्यहरू रहेकोमा पाँचौँ वार्षिक साधारण सभा २०७३ असोज ८ गतेसम्म ३१६ जना ,छैठौँ वार्षिक साधारण सभा २०७४ असोज २८ गतेसम्म ३७१ जना,सातौँ वार्षिक साधारण सभा २०७५ असोज ६ गतेसम्म ४५७ जना र आठौँ वार्षिक साधारण सभाको पूर्व सन्ध्या २०७६ भाद्र २५ गतेसम्म ३७९ जना पुरुष र २७५ जना महिला गरी जम्मा ६५४ जना सदस्यहरू आवद्ध हुनुहुन्छ ।

संस्थामा सदस्यहरुको इच्छा चाहनाबमोजिम हाल अनिवार्य मासिक बचत, साधारण ऐच्कि बचत, आवधिक बचत, दैनिक बचत, पेन्सन बचत, उपदान बचत, सञ्चय कोष बचत, दोब्बर भुक्तानी बाल बचत, कलश विशेष बचत गरी जम्मा ९ वटा बचत कार्यक्रमहरूमा ८ देखि १२ प्रतिशतसम्म व्याज दिने गरिएको छ ।

त्यस्तै धन जमानी, धितो जमानि र समूह जमानीमा विभिन्न १५ वटा ऋण कार्यक्रमहरूमा संस्थाले सदस्यहरूलाई ऋण प्रवाह गरी सदस्यहरूलाई प्रत्यक्ष रुपमा व्यवसाय सञ्चालनमा सघाउ पु¥याएको छ । युवा स्वरोजगार ऋण ४ प्रतिशतमा, साझेदारी व्ययसाय ऋण १२ प्रतिशत र अन्य ऋणहरू अवधिअनुसार १२ देखि १८ प्रतिशतसम्म लगानी गर्ने गरिएको छ ।

बचत तथा ऋण कार्यक्रमहरूमा असल व्यवहार प्रदर्शन गर्ने र सदस्यहरू बढाउन महत्त्वपूर्ण योगदान निर्वाह गर्नुहुने शेयर सदस्यज्यूहरूलाई हरेक वार्षिक साधारण सभाको अवसरमा सम्मान गर्ने गरिएको छ ।

संस्थाले आफूले गर्ने कार्यक्रम योजना बनाई निर्णयका आधारमा मात्रै गर्ने गरेको छ । संस्थाको कार्यसमितिको मासिक बैठक नियमित रूपमा हरेक महिनाको पहिलो शनिवार बस्दछ । संस्थालाई यहाँसम्म पु¥याउन सञ्चालक समितिको अहम् भूमिका रहने गरेको छ तर सञ्चालक समितिका पदाधिकारीहरूले छुट्टै सेवा वा सुविधा भने लिँदैनन् । अधिकांश शेयर सदस्यहरू युवा पुस्ताका रहेकाले संचालकहरू पनि युवाहरू नै रहेका छन् यसको अर्थ हरेक कार्ययोजनाहरू सम्पन्न गर्नका लागि सहजता मिलेको छ ।

नयाँ व्यवस्थापनको ५ वर्ष पूरा गर्दै गर्दा संस्थाले लिएका अधिकांश उद्देश्यहरू हासिल गरिसकेको छ आगामी दिनहरूमा संस्थाले सदस्यहरू लक्षित बचत तथा ऋण कार्यक्रमहरूको तर्जुमा गरी बचतमा आकर्षक व्याज दिने र ऋणमा सहुलियतपूर्ण ब्याज लिने लगायतका कार्यहरू गर्नेछ ।

नेपाल सरकारसँगको साझेदारीमा कार्यक्रमहरूको सञ्चालनलगायतका कामहरू गर्ने अठोट र दृढ विश्वासका साथ संस्थालाई एक सम्मुन्नत आर्थिक अभिभावकका रूपमा स्थापित गर्न सञ्चालक समिति अहोरात्र लागिपरेको छ । नयाँ परिवेशअनुसार संस्थाले वित्तीय कारोबारसँगै सामाजिक क्रियाकलापमा समेत सरिक गराएको छ । विभिन्न अवसर पारी रक्तदान, वृद्धवृद्धालाई सहयोग, विपन्न वर्गका बालबालिकालाई सहयोग गर्नका लागि अक्षयकोष स्थापना त गरेको छ नै यो सँगै युवाहरूलाई व्यवसायतर्फ उन्मुख गराउन संस्था लागि परेको छ । जसको सुरुवातको रूपमा शैक्षिक प्रमाणपत्र धितो राखेर व्यवसायीहरूलाई कर्जा समेत दिन थालिएको छ । सहकारी अभियानलाई व्यापकता दिँदै गाउँगाउँमा सहकारी संस्थाको अवधारणा पु¥याउन आगामी दिनमा अझ प्रभावकारी रूपले योजना सञ्चालन गर्ने उद्देश्यले “स्कुल स्कुलमा सहकारी, कलेज कलेजमा सहकारी” भन्ने अभियानका साथ अब संस्था निरन्तर अगाडि बढ्ने अभियानमा छ । तत्कालका लागि आवश्यक पर्ने द्रुत कर्जा, जाडपर्व कर्जा त सुरु गरेको छ नै अबदेखि ठूल्ठूला वित्तीय सेवा दिने र आगामी दिनमा एउटा बैंकले दिएको जस्तै नयाँ प्रविधि चेक, एसएमएस, इ–सेवाजस्ता प्रभावकारी सेवा दिने योजनामा संस्था लागिपरेको छ ।
सञ्चालक समिति

अध्यक्ष : बालचन्द्र शर्मा
उपाध्यक्ष: नविन कुमार पाण्डेय
सचिब : बिमल योगी
कोषाध्यक्ष : नवराज भण्डारी
सदस्य : ध्रुबराज पौडेल
सलस्य : श्रीकान्त अधिकारी
सदस्य : कमला पौडेल
सदस्य : चन्द्रावती पौडेल भण्डारी
सदस्य : निशा शर्मा दाहाल

लेखा सुपरीवेक्षण समिति

संयोजक : केशब रीजाल
सदस्य : गेहेन्द्र बस्नेत
सदस्य : शेषनारायण शर्मा

ऋण उप समिति

संयोजक : ध्रुबराज पौडेल
सदस्य : दिनेश गौतम
सदस्य : माधब खनाल

शिक्षा उप समिति

संयोजक : श्रीकान्त अधिकारी
सदस्य : ऋचा डाँगी
सदस्य : लाल बहादुर के.सी.

अनुगमन तथा मूल्याङ्कन उप समिति

संयोजक : हरिहर आचार्य
सदस्य : इश्वरी प्रसाद आचार्य

व्यवस्थापन प्रमुख : शिबराज खनाल

व्यवस्थापक : प्रकाश अधिकारी
ऋण सहायक : कृष्णा खनाल
बजार परिचालक : पिमा खनाल
बजार परिचालक : गोमा भण्डारी